धान नबिकेपछि झापाका किसान चिन्तित

सिधाकुरा

बनियानी, झापा । गत चैतमा उत्पादित  चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन  एक हजार ५० देखि  एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए ।

“मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ”, उनले भने, “किसानले धान बाटो पछार्नुपर्ने अवस्था आइसकेको छ ।” 

करिब तीन बिघा क्षेत्रफलमा चैते धानखेती गरेका कचनकवल–३ का अर्का किसान तोयानाथ मिश्रको यो वर्ष दुई सय ५० मन धान उत्पादन हुने अनुमान छ । “सुरुसुरुमा  एक हजार दुई सय प्रतिमन धान बिक्री भयो, सबैतिर धान पाक्न थालेपछि अहिले प्रतिमन नौ सय भएको छ”, उनले भने । एक बिघाको धान काटेर थुपारेका उनले व्यापारीले धान धेरै भयो, मिलले किन्न मानेन भनेर मूल्य कम दिनुका साथै अहिले बिक्री नै ठप्प भएको बताए । एक साताभित्र धानको मूल्य प्रतिमन तीन सयले घटेको छ ।

चैते धानमा चिस्यान बढी हुने भएकाले भण्डार गरेर राख्ने अवस्था नरहेको किसान बताउँछन् । मूल्य कम पाए पनि बेच्नैपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । विगत एक दशकदेखि धान सुपरजोन घोषणा भएपछि कचनकवल क्षेत्रमा धान उत्पादन वृद्धि भएको छ ।

“किसानले धान उत्पादन गरे पनि उचित मूल्य नपाउँदा कि त धान कुहिएर जाने अवस्था छ, कि त जतिमा भन्यो त्यतिमा बेच्नुपर्ने बाध्यता छ”, किसान मिश्रले गुनासो गरे, “नबेच्दा पनि उपाय छैन, अहिले किसानलाई निकै घाटा हुने अवस्था छ ।”

गत चैत १५ गते मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ २८ पैसा तोकेका थियो ।

त्यस्तै, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतन समर्थन मूल्य कायम गर्ने निर्णय गरेको थियो । तर, अहिले सरकारले तोकेको समर्थन मूल्यभन्दा पनि काम मूल्यमा किसान धान बेच्न बाध्य हुनुका साथै बिक्रीसमेत नहुँदा चिन्तित बनेका छन् ।


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

यसरी ख-स्यो सौर्य एयरलाइन्सको वि-मान || SAURYA AIRLINES || SIDHAKURA ||

  • यसरी ख-स्यो सौर्य एयरलाइन्सको वि-मान || SAURYA AIRLINES || SIDHAKURA ||
  • २१ वर्ष पूरानो सौर्यको जहाज यसरी भयो दुर्घ टना || SIDHAKURA ||
  • त्रिभुवन विमानस्थलमा साैर्य एअरलाइन्सकाे जहाज दु*र्घट*ना, विमानस्थलको आकाशमा धुवाँको मु*स्लो ||
  • त्रिशुलीमा अलप भयो जगदीशको घरको मियो || SIDHAKURA ||
  • देश छोड्दिन भन्ने साथीलाई विमानस्थलबाट बिदाई || SIDHAKURA ||
  • बालेनविरुद्ध किन लागिरहेका छन् चिनीकाजी ? || SIDHAKURA ||
  • परीक्षा बोर्डको लापरबाहीले SEE काे नतिजाविहीन एक अब्बल विद्यार्थी || SIDHAKURA ||
  • सीसीटिभीको अन्तिम दृश्य हेर्दै दाजु खोज्न खटिएका शरण र निखिल || SIDHAKURA....
  • सुकुम्बासीका अपार्टमेन्टमा झाडी, बस्तिमा भेलबाढी || SIDHAKURA ||
  • त्रिशुलीमा बेपत्ताका परिवार भन्छन् सरकार भएको आभाष भएन || SIDHAKURA ||
  • उपचारका लागि हिँडेको परिवार, जब त्रिशुलीमै बिलाए... || SIDHAKURA ||
  • कास्की पहि रो : हेर्दाहेर्दै पुरि याे कुलबहादुरको परिवार || Kaski Landslide....
  • बालेनले चिटिक्क बनाएको काठमाडौँको फुटपाथ || Improved sidewalks in Kathmandu || SIDHAKURA....
  • २ परिवारका ८ जना त्रिशुलीमा बेपत्ता भएपछि शो कमा डुब्यो मटिअर्वा र....
  • जनता बाढी पहिरोको च पेटामा, संसदमै गीती भाका हाल्दै सांसद् || Parliament....
  • नेपालको सबैभन्दा ठूलो धागो उद्योग || कसरी बन्छ धागो ? THE REPORTER....
  • सामुदायीक विद्यालयमा बालेनले गरेको कायापलट || Balen Shah | SidhaKura ||
  • भतिजको योजनामा काका र उनका साथीको... || SIDHAKURA ||
  • अमृत, पक्वान, फ्यामिली र क्वालिटी ब्राण्डको खाने तेलमा मुटुमा असर गर्ने तत्व....
  • आत्मसमिक्षामा रास्वपा ! के चाहन्छन् मुकुल ढकाल ? || RSP in self-examination....
  • मध्यरातमा उथलपुथल ! के कारण ढल्यो सरकार ? || SIDHAKURA ||
  • विदेशबाट फर्किएर नेपालमै ५० लाख कमाई, उत्कृष्ट किसानलाई सरकारको सम्मान || SIDHAKURA....
  • ला गू पदार्थले लठ्ठ चालकले हाँकेका मयुर यातायातका यात्रु बस || SIDHAKURA....
  • ‘एनबीटिसीमा लगानी गर्दा हामी ठगियौँ’ || SIDHAKURA ||
  • केटीसीकै समूहबाट नेशनल बिजनेस ट्रेड सेन्टरमा पनि ९ सय २९ जनाको ३....

Current Affairs

Teaching Hospital मा भाव विह्वल आफन्त....

  • Teaching Hospital मा भाव विह्वल आफन्त || SIDHAKURA ||
  • प्रत्यक्षदर्शीहरु भन्छन्ः विमान यसरी खस्यो, मान्छे बाच्थे बचाउन सकिएन || Airport ||....
  • छानबिनमा परेकाहरुले पहिले देश छोड्थे, अहिले मन्त्री पुरस्कार पाएः सुदन किराँती ||....
  • प्रतिनिधिसभा बैठक LIVE
  • बालेनसँगकाे सहमति पछि के भन्छन चिनीकाजी महर्जन ? || SIDHAKURA ||
  • संसदमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री LIVE
  • ट्रंक लाइन विवादबारे प्रधानमन्त्री ओलीः धनी छ भन्दैमा उद्योगीसँग मनलाग्दी रकम माग्न....
  • गिरिबन्धुबारे ओलीः मलाई कुनै फाइदा लिनु छैन || SIDHAKURA ||
  • जोमाथि अनुसन्धान सुरु गर्यौँ, कांग्रेस एमालेले उसैलाई मन्त्री बनायाे : रवि लामिछाने....
  • संसदमा बालेनको पक्षमा उभियो रास्वपा || SIDHAKURA ||
  • केपी ओलीले राणा शासनको शैलीमा कुलमानलाई निर्देशन दिएपछि माओवादी नेताको आक्रोश ||....
  • संसदमा सुमना फाएरः इन्दिरालाई होइन, नक्कली भुटानी शरणार्थीवालालाई छानबिन गरौँ, आँट छ....
  • कांग्रेसले केपी ओलीको विरुद्ध उठाएका मुद्दा छाड्दैन-विश्वप्रकाश शर्मा || SIDHAKURA ||
  • विदेश जानु सामान्य हो, यसलाई ठुलो इस्यु बनाउनु पर्दैन-गगन थापा || SIDHAKURA....
  • प्रचण्ड, माधव र रवि लामिछानेबिच भेटवार्ता : एमाले र कांग्रेसले संविधान मिचेर....
  • न्यूरोडमा दिनभरी के के भयो ? || SIDHAKURA ||
  • न्यूरोडमा तनावग्रस्त || SIDHAKURA ||
  • मुकुलबारे डिपि अर्यालः कोही पात्रले भन्दैमा केही हुँदैन, रास्वपामा केही भएको छैन....
  • अब आउने मौद्रिक नीति कस्तो हुनुपर्छ ? स्वर्णीम वाग्लेको सुझाब || SWARNIM....
  • केही समय सरकारमा बस्दा देश कसले चलाएको रहेछ राम्रोसँग थाहा पायौँ :....
  • हरिशयनी एकादशीमा ब्रत किन बस्ने, कसरी बस्ने ? || SIDHAKURA ||
  • अदालतको आदेशपछि न्यूरोडको फुटपाथ फेरी बनाउँदै बालेन || SIDHAKURA ||
  • श्रावणमा चुरा, पोते र मेहेन्दीको व्यापार || SIDHAKURA ||
  • उपप्रधान तथा सहरी विकास मन्त्री सिंह र भारतीय राजदूतबिच भेटवार्ता || SIDHAKURA....
  • सिमलताल दुर्घटनास्थलमा रवि लामिछाने || SIDHAKURA ||