काठमाडौँ । काठमाडौँको भद्रकालीमा सहकारी पीडितहरुको आन्दोलनलाई प्रहरीले हस्तक्षेप गरेको छ । उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी प्रहार गरेको हो ।
बिभिन्न सहकारीको ठगीमा परेका पीडितहरुले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका थिए । उनीहरु सिंहदरबार भित्र प्रवेश गर्ने भन्दै शान्तिबाटीका बाट अघि बढेका थिए । सो क्रममा प्रहरीले उनीहरुलाई भद्रकालीमै रोकेको हो ।