काठमाडौँ । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा १४ वटा सम्भावित कार्यसूची रहेका छन् । जसमा आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तरको अवरोध गर्दै आएका कारण पास हुने नहुने अनिश्चित छ ।
नेपाली कांग्रेसको माग बमोजिम संसदीय छानबिन समिति बनाउने सहमति भएपनि समितिको कार्यादेशमा सहमति जुट्न सकेको छैन । सहमति जुटाउन बिहानैदेखि शिर्ष नेताहरु छलफलमा जुटेका छन् । सहमति नजुटे पनि पेलेरै नीति तथा कार्यपक्रम पास गाराउने पक्षमा सरकार देखिएको छ ।