काठमाडौँ । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका १४ नेतामध्ये ८ जना नेता फर्किएका छन् । उससभापति स्वर्णिम वाग्ले, कार्यवाहक प्रवक्ता मनिष झा, गणेश पराजुली, तोसिमा कार्की लगायत नेताहरु आज फर्किएका हुन् । बाँकी ६ जना भने भाेलि फर्कने नेताहरुले बताएका छन्
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो ।
नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले उनीहरु भ्रमण छोट्याएर फर्किएका हुन् ।
उक्त टोलीमा उससभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ लगायत छन् ।