काठमाडौँ । इलाम–२ को उपनिर्वाचमा उठ्ने उम्मेदवारबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक सोमबार बिहान पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र इलाममा हुने उपनिर्वाचनमा उठाउने उम्मेदवारबारे छलफल हुने सचिवालयलले जनाएको छ ।
गत भदौ २६ मा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त छ । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ मा बैशाख १५ गते उपनिर्वाचनको मिति तोकेको छ ।
उक्त निर्वाचनमा उम्मेदवार घोषण गर्नुअघि रास्वपाले मत सर्वेक्षण समेत गरेको छ । रास्वपाका ६ सांसदले इलामको सर्वेक्षण गरेका हुन् । सोविता गौतम, गणेश पराजुली, मनिष झा, अशोक चौधरी, असिम शाह र हरि ढकालले इलाममा सर्वेक्षण गरेका हुन् । उनीहरुले सोमबारको केन्द्रीय समिति बैठकमा त्यसको ब्रिफिङ गर्नेछन् । सो पश्चात रास्वपाले उठाउने उम्मेदवारबारे छलफल गर्ने बताइएको छ ।