काठमाडाैँ : एपीएफ क्लबकी ज्योति पाण्डेले खेल जीवनबाट सन्यास घोषणा गरेकी छन्।
काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेपछि उनले सन्न्यास घोषणा गरेकी हुन्।
सशस्त्र प्रहरी टिमको महिला क्रिकेट टिमकी नियमित सदस्य भएर खेल्दै आएकी उनले प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनल २७ रन बनाएकी थिइन् । त्यस्तै आज भएको खेलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लबलाई च्याम्पियन भएपछि उनले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् ।
२०१६ सालमा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी उनले २०२१ मा कतारविरुद्ध खेलेकी थिइन् ।त्यस्तै उनले अन्तिम पटक सन् २०२३ मा वांगीमा मलेसियाविरुद्ध खेलेकी थिइन्।