काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यले आज पनि रेकर्ड बनाएको छ । बुधबार बनेको रेकर्डलाई तोड्दै आज सुनको मूल्यमा किर्तिमानी बनेको हो ।
बुधबारको तुलनामा बिहिबार सुनको मूल्य तोलामै ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको छ । बुधबार सो मूल्य १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य बुधबार पनि समान थियो ।