
५ असाेज,काठमाडौं : काठमाडौंमा तीन दिनदेखि जारी शिक्षक आन्दोलनका क्रममा मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट कार्यकर्ता सिंहदरवार प्रवेश गर्न खोजेपछि १७ जना पक्राउ परेका छन् ।
उनीहरुले निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हरिकृष्ण गजुरेल, मिलन राई, पेशल दाहाल, प्रभात भट्टराई, वीरेन्द्र शाह, रुपा बुढा, मीन एडी, राजन राउत, गोविन्द बिष्ट, स्मृति कार्की, लगायत रहेका छन् ।
संसदमा पेश भएको शिक्षा विधेयकको विरोधमा आन्दोलरत शिक्षकहरुलाई ऐक्यबद्धता जनाउन पुगेका विद्यार्थीहरु सिंहदरबारको दक्षिण गेटमा नाराबाजी गर्दै भित्र प्रवेश गर्ने प्रयास गरेका थिए । बलजफ्ती सिंहदरबार प्रवेश गर्न खाेज्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।