न्यूराेडमा पार्किङ हटाएको विषयमा महानगरकाे कार्यपालिका बैठकमा चर्काचर्की

सिधाकुरा

काठमाडाैँ । न्युरोडको पार्किङ सम्बन्धमा काठमाडौँ महानगरपालिकाको कार्यापालिका बैठकमा चर्काचर्की परेको छ । बैठकको सुरुवातमा काठमाडौँ वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले न्यूरोडमा पार्किङ हटाएकोबारे असन्तुष्टि व्यक्त गरेपछि बैठकमा विवाद भएको हो । 

काठमाडौँ महानगरको मंगलबार बसेको कार्यपालिका बैठकको सुरुवातमा मेयर बालेन्द्र साहले प्रस्ताव नम्बर १ मा रहेको विषय प्रस्तुत गर्न सुशासन समितिलाई आग्रह गर्छन । तर वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महर्जनले काठमाडौँको नयाँ सडक क्षेत्रको पार्किङबारे साथीहरुले चासो लिएर बसेकाले कसको मागमा निषेध गरिएको भनी प्रश्न गर्छन । 

‘कसको मागमा पार्किङ निषेध गरियो, कसले गुनासो गर्यो पार्किङ हटाउनुपर्छ भनेर ? त्यहाँ के गर्ने नगर्ने ? के हुन्छ हुँदैन भनेर साथीहरुको जिज्ञासा छ । नयाँ सडकमा पार्किङ निषेध गरेको कारणले त्यो ठाउँ अहिले अस्तब्यस्त छ । ब्यापारीहरु समस्यामा छन् । यो विषयमा विविध अन्तर्गत छलफल गर्न चाहन्छु ।’ वडा अध्यक्षले प्रश्न राखे । 

त्यसपछि बालेनले प्रि बोर्ड बैठकमा सो एजेन्डा नराखिएकाले सुरुमै छलफल गर्न नमिल्ने भन्दै सम्झाउँछन् । वडा अध्यक्ष महर्जनले विविधको एजेण्डा सुरुमा फाइनल गरौँ भन्छन् । प्रमुख बालेनले हुन्छ भन्छन् । 

त्यसपछि काठमाडौँ २३ का वडा अध्यक्षले विविधका विषयबाट बैठक सुरु गरेर एजेण्डामा जाउँ भन्ने प्रश्ताव राख्छन् । 

बालेनले कानुनत विविधका विषयमा पहिले छलफल गर्न नमिल्ने भन्दै बैठकको अन्त्यमा विविधबारे छलफल गरौँला भन्छन् । बालेनले थप्छन्, ‘विविधमा छलफल गरिने विषय प्रि बोर्ड बैठकबाट आएको हुनुपर्यो नी । अहिले यहाँ भनेर मिलेन नी ।’ 

त्यसपछि २२ नम्बरका वडाध्यक्षले पहिले विविधमा विषय नभएको भन्दै मेयर उठेर गएको सम्झना गराउँदै यो बैठकमा विविधमा पार्किङबारे छलफल हुनेमा थप ढुक्क हुन चाहन्छन् । तर बालेनले नगरसभाको विषय भएकाले छलफल गर्न उचित नहुने आशय राख्छन् । ‘दुई वर्ष अघि काठमाडौँ महानगरको नीति तथा कार्यक्रममै कालोपत्रे सडक गाडी कुदाउन हो ठेला चलाउन हैन, फुटपाथ मान्छे हिड्न हो पर्किङ गर्न होइन भनेर नीति पास गरेको विषय हुनाले त्यो विषयमा छलफल गर्न हुन्छ हुँदैन बुझौँ ।’

त्यसपछि बालेनले उक्त विषयमा स्पष्ट पार्न सूचना अधिकारी वशन्त आचार्यलाई आग्रह गर्छन् । उनले नगरसभाले पास गरेको नीतिहरु संसोधन परिमार्जन गर्ने अधिकार नगरसभालाई नै हुने हुँदा कानुनतः उक्त विषयमा कार्यापालिकामा छलफल गर्न नमिल्ले स्पष्ट पार्छन् । 

चिनीकाजी महर्जन,  वडा अध्यक्ष, काठमाडाैँ-२२

वडाध्यक्षको ढिपी अझै छोड्दैनन् । उनी भन्छन्, ‘नीतिलाई कार्यान्वयन गर्ने सवालमा कार्यनीति बनाऔँ न त । त्यसमा हामी छलफल गर्न सकिन्छ ? नीति पास गर्दा कार्यान्वयनको लागि कार्यबिधी चाहिएला नी त ?’

बालेन थप स्पष्ट गर्ने कोसिस गर्छन्, ‘यस्तो विषयलाई कार्यान्वयन गर्न कार्यबिधी नै चाहिन्न । उहाँ नै संयोजक हुनुहुन्छ एउटा फुटपाथमा व्यवसाय गर्न पाईँदैन भन्ने विषयमा । ठेला राख्नलाई जति ठाउँ चाहिन्छ बाइक राख्न पनि त्यति नै ठाउँ चाहिन्छ । भनेसी ठेला हटाउने पार्किङ गर्न दिन मिल्छ ?’

त्यसपछि महानगर प्रमुख बालेन्द्र साह र वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनबीच केही बेर विवाद हुन्छ । 

वडाध्यक्ष : म संयोजक भएको विषय र यो विषय फरक छ । 

बालेन : एउटै विषय हो नी । फुटपाथमा ब्यापार गर्न नदिने ? ठेला राख्न चाहीँ कसरी मिल्छ त ?

वडाध्यक्ष फुटपाथमा पार्किङ गर्ने कुरा भईरहेको छ यहाँ ? मैले फुटपाथमा पार्किङ गर्ने कुरा गरेकै छैन यहाँ । 

बालेन के मा कुरा गर्नुभएको ?

वडा अध्यक्ष मैले सडकको कुरा गरेको । 

बालेन : सडकमा पाईँदैन पार्किङ गर्न । 

वडा अध्यक्ष : सडकमा पाइन्न भने हिजो ५ वर्ष सम्म स्मार्ट पार्किङ जुन चलाइयो त्यसलाई किन निरन्तरता दिएको ?

बालेन : म्याद सकिएपछि हट्यो । 

वडा अध्यक्ष :पछि परिमार्जन भएको कानुन जेठो हुन्छ । त्यो भन्दा अघिको कानुन निष्क्रिय हुनुपर्ने हो नी ? किन निरन्तरता पायो ? तपाईँको कार्यकालमा यत्रो बैठक हुँदा त्यो कानुन निष्क्रिय गनुृपर्दैनथ्यो ? 

बालेन : के कानुन  निष्क्रिय  गर्नुपर्ने थियो ?

वडा अध्यक्ष : तपाईँले भनिराख्नुभएको विषय ।

बालेन : के चैँ ?

वडा अध्यक्ष : यही विषय नी । 

बालेन : हैन तपाईँले कुरै बुझ्नुभएन । म्याद बाँकी थियो । म्याद सकियो हट्यो । के छ त्यसमा ?

वडा अध्यक्ष : मैले राख्नुपर्छ भनेर भन्या छु ?

बालेन : के भन्दै हुनुहुन्छ त ?

वडा अध्यक्ष ः:कालोपत्रै भएको सडकमा पार्किङ गर्नुहुँदैन भन्ने हो भने यो भन्दा अगाडी २ महिना अगाडिसम्म ठेकेदारहरुले जे गरिरहेका थिए त्यो निश्क्रिय किन भएन भनेर भन्न खोज्या । अहिले मात्र किन भयो ?

बालेन : म्याद बाँकी थियो त्यही भएर निश्किmय भएन । तपाईँहरुको कार्यापालिकाले पहिला दिनभाको रैछ उनीहरुलाई काम गर्न ।  

वडा अध्यक्ष ः त्यो दिएको त ५ वर्ष अघि हो । 

बालेन : कुरै बुझनुभएन । कानुनी हिसाबमा म्यान सकिनलाई त कुर्नु परेन ?

वडा अध्यक्ष : कानुन किन बनायौँ त हामीले ? आफैँले गरेको सम्झौता काटिने गरी कानुन किन बनायौँ हामीले ? 

बालेन : त्यो त तपाईँहरुले किन बनाउनुभएन मैले पो सोध्नुपर्ने हो । 

त्यसपछि काठमाडौँ १५ का वडाध्यक्ष ईश्वरमान डंगोल बोल्न थाल्छन् । उनले पहिले र अहिले गरेर पार्किङमा ३ अर्ब भ्रष्ट्राचार भएको विषय मिडियामा आएको उल्लेख गर्दै उनले यसको जवाफ कसले दिने र जवाफदेही को हुने स्पष्ट हुन आवश्यक रहेको बताए । त्यसपछि मेयरले विविध छलफल गर्ने भन्दै बैठक अघि बढाउँछन् । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....

  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||

Current Affairs

इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा....

  • इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा बालेन LIVE
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....