काठमाडौँ । दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै संविधान दिवसकै दिन आन्दोलन गरिएको छ । आज माइतीघरबाट दलित लाई खै भन्दै जुलुस निकालिएको हो । वर्तमान सरकारमा समेत प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले आज वृहत जुलुस निकालेका हुन् । उनीहरूले दलितलाई समान अवसर नभएको भन्दै विभिन्न नारा समेत लगाएका छन् । सो र्याली माइतीघरबाट बानेश्वरतर्फ गएको छ ।
मंसिर ८, २०८१ शनिबार |