घरमै सुत्केरी भए कालो टीका !

सिधाकुरा

बागलुङ । केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुने कुरा यहाँका सबै महिलालाई थाहा छ ।

गाउँमा चालु आर्थिक वर्ष सुरु भएपछि १५ जना सुत्केरी भए । उनीहरु सबै सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । तमानखोला गाउँपालिका–१ मा पर्ने यी गाउँमा एउटा सक्रिय आमा समूह छ । गर्भवती र सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका विषयमा बुझेको आमा समूहले नौलो अभियान चलाएको छ । यी गाउँमा अहिले घरमा सुत्केरी हुन पाइँदैन । कसैले अटेरी गरे परिवर्तनशील स्वास्थ्य आमा समूह सुत्केरीकै घरमा पुग्छ र कालो टीका लगाइदिन्छ ।

घरमै सुत्केरी भए गाउँघरमा अशुभ मानिने कालो टीका लगाउनुपर्ने भएकाले दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य छ । “गर्भजाँच नगरे पनि पहेँलो टीका लगाउनुपर्छ, आठपटक गर्भ जाँचेर स्वास्थ्यचौकीमा सुत्केरी भए बल्ल रातो टीका लगाउन पाइन्छ”, बज्रबाङकी रविना विकले भनिन्, “मैले सबै जाँच पूरा गरेर स्वास्थ्य संस्थामा बच्चा जन्माएकी हुँ ।” 

आमा समूहले उक्त अभियान सुरु गरेदेखि कोही पनि घरमा सुत्केरी भएका छैनन् । घरमा सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्यमा हुनसक्ने जोखिमको विषयमा सबै महिलाले जानकारी पाएका छन् । यहाँका पुरुषले पनि आमा समूहको यो अभियानलाई सहयोग गरेको छन् । गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै सचेतनाका कार्यक्रम सञ्चालन भए । सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास यहाँको परम्परागत मान्यताका कारण सफल हुन सकेका थिएनन् । तर, अहिले समूहमा आबद्ध भएका महिला आफैँले कालो टीकाको नियम लगाएका हुन् । 

“आफैँले बनाएको नियम आफैँले नमान्न भएन नि”, बज्रबाङकी स्वास्थ्य स्वयंसेवीका रुपमायाँ घर्तीले भनिन्, “अहिले गर्भवती खोजीखोजी स्वास्थ्य संस्था जाने गरेका छन्”, यो आमा समूहले गर्भवती, सुत्केरी र नवजात शिशुका विषयमा सचेतनाका कार्यक्रम, पोषणसम्बन्धी सचेतनाका कार्यक्रमसमेत चलाउने गरेका छन् । गाउँमा भएका गर्भवती र सुत्केरीको विषयमा जान्न बुझ्न यो आमा समूहको नियमित बैठक हुन्छ । त्यही बैठकले सबै आमा र बच्चाको सुरक्षित भविष्यको विषयमा योजना बनाउँछ तथा कार्यान्वयन गर्छ । 

तीनवर्ष पहिले तमानखोला गाउँपालिकाले बज्रबाङमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको छ । विवाइसी बागलुङसँग मिलेर त्यहा क्लिनिकका लागि भवन बनेको छ । गर्भजाँचका लागि बोंगादोभान स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी त्यहीँ पुग्छन् । त्यहाँबाट बोंगादोभान पठाइएका गर्भवती त्यहाँ सुत्केरी हुन नसक्ने अवस्था आए बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइन्छ । त्यहाँ पुग्न गाउँपालिकाले यातायात खर्च दिन्छ । त्यहाँभन्दा बाहिर जाँदा दश हजार रुपैयाँ खर्च गाउँपालिकालेनै दिने गरेको छ । 

“बर्थिङ सेन्टर भएकाले गाउँपालिकाभरिकै गर्भवती यहाँ आउनुहुन्छ, होम डेलीभरी शून्यमा झारेका छौँ”, बोंगादोभान स्वास्थ्यचौकीका अहेव रविना बुढा मगरले भनिन्, “अहिले गाउँपालिकाले चिकित्सकसमेतको व्यवस्था गरेकाले धेरै सजिलो हुन्छ ।” स्वास्थ्य संस्थामा आएका अधिकांश गर्भवतीलाई समयमा नै समस्याको पहिचान गर्ने र अन्यत्र पठाउनुपर्ने भए समयमै पठाउने गरेको उनले सुनाईन् । 

प्रतिक्रिया

The Reporter

४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||

  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||
  • रविको थुनछेक बहसको आदेश आउँदै, पोखरामा के भइरहेको छ ? || Rabi....
  • रवि लामिछानेका वकिलको थुनछेक बहसः अदालतमा के के भयो ? || SIDHAKURA....
  • दुई वर्षको उमेरदेखि बल र ब्याट लिएर क्रिकेट सपना बुनिरहेका अर्पित ||....
  • हाेसियार ! असुरक्षित छ बैंक खाताको पैसा, एफवान् सफ्टको ‘इन्टरनेट बैङ्किङ’ असुरक्षित....
  • रविको राजनीति सक्न कानुन परिवर्तन ! || SIDHAKURA ||
  • ज्यान मार्ने उद्योगका अभियुक्तलाई ओलीद्वारा पार्टीमा भब्य स्वागत || SIDHAKURA ||
  • एनसेलको गैरकानुनी धन्दा, कारबाही गर्न सर्वोच्चको आदेश || SIDHAKURA ||
  • जुँगाको लडाइँ उपेन्द्र र प्रदीप यादवको, २१० क्विन्टल धानमा आगाे लाग्याे हरिन्द्रको....
  • घटना नं ५ : रवि माथि हिरासतमै अमानविय व्यवहार, मानव अधिकार आयोग....
  • भ्रष्टाचारी टेक बहादुर गुरुङ संसदमा, आरोपित रवि लामिछाने निलम्बित || SIDHAKURA CLIPS....
  • प्रधानमन्त्रीको अफर नमान्दा संसदीय छानबिन समिति देखि हिरासतसम्म || SIDHAKURA ||
  • रविमाथि लागेको राज्यः अनुसन्धान कम, प्रतिशोध बढी || STATE IMPOSED UPON RABI....
  • F1 Soft को बैंक खाताबाट ३ करोड गायब, हुण्डीको आशंका || SIDHAKURA....
  • रविको भाइरल तस्बिरको नालीबेली || SIDHAKURA ||
  • साझा पेट्रोल पम्पको बदमासी : ५० लिटर डिजेल भर्दा ३२ लिटर पानी....
  • रविलाई ८औं म्याद थप्दा इजलासमा जे भयाे..। || SIDHAKURA ||
  • इजलासमा न्यायाधीशसामू रवि लामिछाने : ममाथि पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायाङ्कन भइरहेको छ....
  • यस्तो छ चितवन प्रहरीको अत्याचारबारे रवि लामिछानेले मानव अधिकारकर्मीलाई दिएको बयान ||....
  • नविकरण भएका राहदानी नदिँदा पोर्चुगलका हजारौँ नेपाली समस्यामा || SIDHAKURA ||
  • एमालेका पूर्वमन्त्रीलाई किन चलेन मुद्दा ? यस्तो छ प्रहरीलाई दिएको लज्जास्पद बयान....
  • FACEBOOK मा रविको समर्थन र ओलीको विरोध गर्दा सांसदलाई निलम्बन || SIDHAKURA....

Sidhakura Investigation

सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....

  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

धरौटीमा छुटेपटि रवि भन्छन्– न्याय प्रक्रियाप्रति....

  • धरौटीमा छुटेपटि रवि भन्छन्– न्याय प्रक्रियाप्रति उच्च सम्मान छ || SIDHAKURA ||
  • दिनेश त्रिपाठीलाई कसले किन गर्यो हातपात ? || Dinesh Tripathi || SIDHAKURA....
  • धादिङमा माघे सङक्रान्ति मेला || SIDHAKURA ||
  • Private video
  • Private video
  • ‘कार्यालय नै खाली गरेर सरकारी वकिल रविविरुद्ध बहस गर्न आए’ || SIDHAKURA....
  • उत्तरी अमेरिकामा भीषण हिउँदे आँधीले संकटकाल, नेपालीहरु पनि प्रभावित || SIDHAKURA ||
  • छुटेपछि रविले भने, ‘न्याय मरेको छैन भन्ने आभास भएको छ’ || Rabi....
  • अदालतकाे आदेश पछि रविलाई ९३ वर्षिय आमाले दिइन आशिर्वाद || SIDHAKURA ||
  • कास्की प्रहरीमा धरौटी बुझाएर बाहिरिए रवि लामिछाने || SIDHAKURA ||
  • रविको रिहाईपछि रास्वपा सांसदहरु... || SIDHAKURA ||
  • रवि सहित ७ जनालाई धरौटीमा छाड्न भएको आदेश || SIDHAKURA ||
  • समितिमा सांसदको झण्डै हात हालाहाल... || SIDHAKURA ||
  • रवि किन निर्दोष छन् ? यस्ता छन् उनको पक्षमा बहस गरेका कानुन....
  • रविको थुनछेक बहस सकियो, कार्यवाहक सभापति डीपी अर्यालले के भन्छन् ? ||....
  • यी कारणले रवि लामिछाने छुट्ने ! यस्ता छन् वकिलका दलील || SIDHAKURA....
  • 7.0 MAGNITUDE EARTHQUAKE STRIKES TIBET-NEPAL || SIDHAKURA ||
  • समितिमा बाेल्दाबाेल्दै राेकेपछि रामहरि खतिवडाविरुद्ध जङ्गिए हृदयराम थानी || SIDHAKURA ||
  • रास्वपाको २५ घण्टे केन्द्रीय समिति बैठकले के गर्यो निर्णय ? || SIDHAKURA....
  • रास्वपा नेताको आक्रोस ! रविलाई सिध्याउन अध्यादेश ल्याउने, आफ्नालाई जोगाउने ? लाज....
  • ५ वर्षे भ्रष्टाचार सम्बन्धी हदम्यादबाट पछि हट्यो सरकार, सांसदहरुको प्रतिक्रिया || SIDHAKURA....
  • भष्ट्राचारको फाइल खोल्ने विषयलाई धम्कीको विषय बनाउन पाइँदैन : गगन थापा ||....
  • शेरादरबारबारे प्रचण्ड र गृहमन्त्रीको सवाल जवाफ || SIDHAKURA ||
  • केपी ओलीमाथि भिम रावलको विषवमन (पूरा भिडियो) || SIDHAKURA ||
  • तीनकुने जग्गा मुआब्जाबारे बालेन शाह: २ तिहाईको सरकारले केही गरेन || SIDHAKURA....