काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज जाँचबुझ सुरु हुँदै छ ।
राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए । उनीहरू माथि परेका उजुरीमा भोलिसम्म जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।
पुस २७ गतेसम्म नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन हुने छ । पुस २८ गते निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको छ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ ।