परराष्ट्रमन्त्री एनपी साउद दोहा २१औँ सम्मेलनमा सहभागी हुन कतार प्रस्थान गरेका छन्।
डिसेम्बर १० अर्थात् आइतबार कतारमा सुरु हुने दोहा २१ औँ फोरममा सहभागी हुन शनिबार बिहान ७ः४५ बजे कतार एयरलाइन्सको विमानबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
कतार भ्रमणका क्रममा उनले त्यहाँ उच्चस्तरीय भेट गर्ने र उक्त भेटमा इजरायलमा हमासले नियन्त्रणमा लिएका विपिन जोशीको रिहाइका लागि पहल गर्ने बताएका छन् ।
कतारमा उनले समकक्षी विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसअघि पनि मन्त्री साउदले उनै मुखारीसँग जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।