काठमाडौं । कोरोना पछि नेपाल उडान स्थगित गरेको थाइल्यान्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेज पुनः नेपाल फर्किएको छ । बिहीबार कम्पनीले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको आधिकारिक रूपमा जानकारी दिएको छ ।
थाईसँग नेपालमा हवाई उडान भरेको ५४ वर्ष लामो अनुभव छ । थाई एयरवेजले सन् १९६८ मा बैङ्ककदेखि कोलकाता हुँदै काठमाडौँसम्मको उडानमार्फत नेपालमा आफ्नो वायु सेवा सुरु गरेको थियो । तर, कोभिड महामारीका कारण सन् २०२२ मार्चदेखि नेपाल उडान रोकिएको थियो ।
नयाँ उडान सुरुआतसँगै कम्पनीले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई नेपालका लागि जनरल सेल्स एजेन्टका रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको जनाएको छ । एयरवेजले नेपालमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट सञ्चालन गरिरहेको जनाएको छ ।