५ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने प्रतिवद्धता जनाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयक सरकारको प्रस्ताव मात्रै भएकाले यसमा रहेका धेरै त्रुटीहरुलाई संसदबाट सच्चाउने प्रतिवद्धता जनाएका हुन् । उनले संसदलाई विश्वास गरेर शिक्षकहरुले आफ्नो आन्दोलन स्थगित गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्चाउने प्रतिवद्धता गर्नुपर्ने जिकिर जिकिर गरे । उनले भने, ‘मैले सरससर्ती हेर्दा मात्रै नै ७० वटाभन्दा बढी संसोधन हाल्नुपर्ने देखेको छु ।’
थापाले शिक्षकहरुको आत्मसम्मान, मर्यादालाई ध्यान दिनुपर्ने र शिक्षकलाई आवश्यकता अनुसारको सुविधाको ग्यारेन्टी विधेयकमार्फत गर्नुपर्नेमा जोड दिए । उनले अहिलेको विधेयक कम्तीमा पनि २० बर्षका लागि हुने भएकाले हतार नगरि संशोधनका आधारमा अन्तिम टुङ्गो लगाउनुपर्ने धारणा राखेका हुन् ।