काठमाडौँ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्व ५० करोड बजेट बिनियोजन गरेको छ ।
मंगलबार संघीय संसदको दुवै सदनमा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले खेल क्षेत्रको पूर्वाधार विकासको लागि मात्रै एक अर्ब ३० करोड बजेट छुट्याएको घोषणा गरे । उनले अगामी आर्थिक बर्ष ८० वटा राष्ट्रिय स्तरका खेलकुदहरु आयोजना गर्ने जानकारी दिए ।
टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने , गौतम बुद्ध रंगशालालाई प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण गरिने उनले बताए । मन्त्री पुनले काठमाडौँको मुलपानी र बिराटनगरको गरिजाप्रसादरंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने जानकारी दिए । उनले १० औँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्न ६० करोड बिनियोजन गरेको जानकारी दिए ।
उहाले शिक्षकलाई खेलकुदको तालिम दिइ बिद्यालयमा खेलकुद प्रवद्र्धनका काम गर्ने बताए । खेलकुद अर्थतन्त्रको बिकास गर्न निजि क्षेत्रसंग सहकार्य गर्ने उनकोे भनाइ छ ।