पोखरा । गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएर मन्त्री बनेका फणीन्द्र देवकोटाको दुबै पद गएको छ ।
माओवादी संसदीय दलमा रहेको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटालाई माओवादी केन्द्रले कारबाही गरेको थियो । नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादीले कारबाही गरेको पत्र शुक्रबार बसेको प्रदेश सभाको बैठकमा सभामुख कृष्णप्रसाद धितालले पढेर सुनाएसँगै देवकोटा पदमुक्त भएका हुन् ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका थिए ।
जेष्ठ ३२, २०८१ ०४:५९ मा प्रकाशित