काठमाडौ । दुर्गा प्रसाईंलाई काठमाडौमा आन्दोलन गर्न प्रशासनले रोक लगाएको छ । मंगलबार गौशालामा आन्दोलन गर्न आउँदै गरेको प्रसाईलाई प्रहरीले मनोहरा पुलमै रोकेर फिर्ता पठाएको छ ।
ठिमीस्थित निवासबाट ३ गाडीमा समर्थक सहित गौशाला आउँदै गरेका प्रसाईलाई माथिको आदेश भन्दै प्रहरीले फिर्ता पठाएका प्रसाई निकटले बताए । प्रहरीले उनिहरुलाई आन्दोलनका लागि काठमाडौ जान निषेध गरेको सूचना दिएका थिए ।
पेप्सीकोलातर्फ लागेका प्रसाईलाई प्रहरीले रोकेर पछि केहिबेर विवाद भएको थियो ।
जिल्ला प्रसाशन कार्यालय काठमाडौँका सूचना अधिकारी रविन्द्र प्रसाद आचार्यले भने दुर्गा प्रसाईँले काठमाडौमा आन्दोलन गर्ने अनुमति नलिएको बताए । 'अनुमतिनै नदिइएको आन्दोलनका बारेमा रोक्ने छोड्ने कुरै छैन', आचार्यले भने ।