१९ भदौ, जनकपुरधाम- कर्तव्यज्यान मुद्दाका अभियुक्त मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा परेका छन् ।
सप्तरी क्षेत्र नं ४ (ख) बाट प्रत्यक्ष निर्वाचित उनलाई सप्तरी जिल्ला अदालतको आदेशमा सप्तरी कारागार चलान गरिएको हो ।
कर्तव्यज्यान मुद्दामा यादवलाई प्रहरीले सोमबार दिउँसो राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको थियो ।
उनीमाथि २०६४ सालमा तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको अभियोग छ ।