काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन् । उनी त्रिभुवन विमानस्थलमा भएको सोर्य एयरको विमान दुर्घटनाको निरिक्षण गर्न सो पुगेका हुन् ।
यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिएका थिए ।
आज बिहान सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । जहाजमा १९ जना सवार थिए । मृतक सबैजना सौर्य एयरलाईन्सका कर्मचारी हुन् । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।