पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नृत सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेले न्याय पाउने विश्वास व्यक्त गरेकी छिन् । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पार्टीले पोखराको जिरोकिलोमा गरेको विरोध सभामा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेकी सांसद गौतमले न्यायलयमा सरकारको छाया पर्न नदिन र विधिको शासनका लागि पार्टी आन्दोलनमा होमिएको बताईन ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा लक्षित गर्दै उनले लोकतन्त्रको गर्भबाट तानाशाहहरूकाे जन्म भएको पनि आरोप लगाइन् । पार्टीका सभापति निर्दोष हुँदा हुँदै पनि पक्राउ गरेर झुटो मुद्दा चलाउन राज्य लागेको भन्दै उनले त्यसलाई तानाशाहको संज्ञा दिइन ।
‘राज्य तानाशाहको शैलीमा प्रस्तुत भएको छ। सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको छ’ उनले भनिन् ‘लोकतन्त्रको गर्भबाट तानाशाहहरूको जन्म भयो । तर, न्यायलयप्रति विश्वास र सम्मान छ । उहाँले न्याय पाउनु हुन्छ ।’ सांसद गौतमले रास्वपाले वास्तविक सहकारी पीडितलाई न्याय दिलाउन रास्वपाले काम गर्ने बताइन् । पोखराको जिरो किलोबाट सुरु भएको रास्वपाको मङ्गलबारको विरोध प्रदर्शन यतिबेला अम्मर सिंह चोकतर्फ अघि बढिरहेको छ ।