काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले फोहरमैला व्यवस्थापनमा देखिने समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटमा उपप्रधानमन्त्री सिंहले फोहरमैला व्यवस्थापन पटक पटक समस्या आउदा संक्रमण फैलने त्रास उत्पन्न हुने भन्दै यसलाई दिर्घकालीन रुपमा समाधान गर्ने बताएका हुन् ।
उनले बागमती नदी प्रणााली, स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगायको क्षेत्रमा छिट्टै नतिजा देखिने गरि मन्त्रालयले काम गरिरहेको जानकारी दिए । स्मार्ट सिटि, सडक बत्तिको महसुल, बाग्मति लगायतको विषयमा ध्यानाकर्षण समेत गराएको थियो ।
उपप्रधानमन्त्री सिंहले उपत्यकालाई बस्न लायक बनाउन मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने भन्दै छिट्टै नतिजा देखिने गरि काम भइरहेको बताए ।
भेटमा मेयर्स फोरमले वर्षाैदेखि स्मार्ट सिटिका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्न माग गरेको थियो । सो क्रममा उपप्रधानमन्त्री सिंहले सो समस्या छिटै समाधान हुने बताए ।
त्यस्तै, मेयर्स फोरमले सडक बत्तिको बील विद्युत प्राधिकरणले नागरपालिकाका नाममा पठाएको भन्दै सडक केन्द्र र प्रदेश सरकारकै दायित्व भित्र पर्ने भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए । सो क्रममा उपप्रधानमन्त्री सिंहले सडक बत्तीको बीलको समस्या समाधानका लागि मन्त्रालयले पहल गर्ने प्रतिवद्धता जनाए । काठमाडौँ उपत्यका मेयर्स फोरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन् ।