काठमाडाैँ । पार्टीको महाधिवेशन सम्बन्धी निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक बैठक बोलाएको छ ।
सचिवालयका अनुसार दिउसो एक बजे बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको मङ्सिरमा हुने भनिएको महाधिवेशनका प्रक्रियागत विषयहरूमा छलफल हुने छ ।
साथै पश्चिम नेपालमा गएको भूकम्पमा राहत र उद्धारमा पार्टीको भूमिकाका विषयमा समीक्षा, अस्थायी आवास र पुनर्निमाणका लागि पार्टीले खेल्ने भूमिकाका विषयमा समेत छलफल हुने राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य प्रतिभा रावलले बताई ।
बैठकमा भूकम्प पीडितको राहतमा सरकारी निकायबाट भैरहेको हेलचेक्र्याइँका विषयमा समेत समिक्षा हुने रावलले बताइन् ।