नेभिगेशन
सबै कुरा

पत्रकार महासंघले भन्यो 'सिधाकुराकर्मी साहलाई धम्की दिनेको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया थालियोस्'

काठमाडाैँ । सिधाकुराका पर्सा सम्वाददाता जियालाल साहलाई धम्की दिनेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघले नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य एवं सिधाकुरा डटकमका पत्रकार जियालाल साहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत दिइएको धम्कीप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्धारा जारी विज्ञप्तिमा समाचारको विषयलाई लिएर पत्रकार साहको फोटो नै राखेर केही व्यक्तिहरूले सामाजिक सञ्जालमा धम्कीपूर्ण र बदनाम गराउने स्ट्याटस लेखेको महासंघ प्रदेश समितिमार्फत जानकारी भएको उल्लेख छ । 'सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्नु र टीकाटिप्पणी हुनु व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता हो । तर, अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारलाई असुरक्षित गराउने र चरित्रमा ठेस पुर्‍याउने क्रियाकलाप हुनु अत्यन्त निन्दनीय र सामाजिक अपराध हो,' महासचिव दाहालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, 'महासंघ पत्रकारलाई हतोत्साहित र बदनाम बनाउने हर्कतमा संलग्न व्यक्तिको तत्काल पहिचान गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएर पत्रकारलाई सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

City Express

सिधाकुरा डटकममा पुस १८ गते साहले ‘आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास’ शीर्षकको समाचार लेखेका थिए। सो समाचारलाई लिएर एमालेका कार्यकर्ताहरूले सम्वाददाता साहलाई फोन र सामाजिक सञ्जालमार्फत अभद्र व्यवहार गर्ने धम्की दिएका थिए।

सिधाकुरा सम्वाददाता साहको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै एमाले कार्यकर्ताहरूले यस्तो चेतावनी दिएका हुन्। साहलाई दिएको धम्कीप्रति आपत्ति जनाउँदै पत्रकार महासंघ पर्सा जिल्ला समिति र मधेश प्रदेश समितिले पनि आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा माइतिघरमा दीप प्रज्वलन

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा माइतिघरमा दीप प्रज्वलन

नेपाल पत्रकार महासंघ, एनसीसी अल्मुनाइ एशोसिएशन नेपाल, जेनजी युवा समूह लगाएत संघ संस्थाहरुले बुधबार दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै माइतीघर मण्डलमा छुट्टा छुट्टै दीप प्रज्वलन गरेका हुन्...
असन–इन्द्रचोकमा बढ्यो चहलपहल(तस्बिरहरु)

असन–इन्द्रचोकमा बढ्यो चहलपहल(तस्बिरहरु)

दशैं नजिकिएसँगै असन–इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ । गत साताको आन्दोलनपछि विस्तारै बजार लयमा फर्किन थालेको देखिन्छ ।
बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।
संघीय संसदको बैठक नयाँ भवनबाट सञ्चालन गरिने

संघीय संसदको बैठक नयाँ भवनबाट सञ्चालन गरिने

जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरिक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरुले संसद भवनलाई पुरानै स्वरुपमा पुननिर्माण गरिने भएपनि संघीय संसदको बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने...