कोशी प्रदेशको मुख्यमन्त्री चयनका सवालमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कसैलाई पनि समर्थन नगर्ने भएको छ । शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले मुख्यमन्त्रीमा दाबी गरेको दुई उम्मेदवारमध्ये कसैको पनि पक्ष नलिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
प्रदेशसभा सदस्यद्वय माओवादी केन्द्रका इन्द्र आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले मुख्यमन्त्री पदका लागि बिहीबारै प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेस गरेका छन् । मुख्यमन्त्रीमा दाबी पेसका लागि दिइएको समय सीमा साँझ ५ बजे सकिँदै छ ।