काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । पुर्व प्रधानमन्त्री तथा माओवादी अध्क्षल पुष्प कमल दाहालले उद्घाटन गरेर राष्ट्रिय सम्मेलन सुरू भएको हो । नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चार दिनसम्म सम्मेलन चल्नेछ । त्रिभुवन विश्वविध्यालय स्मृति भवनमा सुरू भएको राष्ट्रिय सम्मेलनना दुई हजार ३२३ प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ । पदाधिकारीसहित २४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुनसक्ने पार्टीका सदस्यहरूले बताए ।
मंसिर ८, २०८१ शनिबार |