काठमाडौं । सरकारले भारत, अमेरिका, सहित ११ देशका राजदूत फिर्ता बोलाएको छ । सञ्चारमन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, अमेरिकाका लागि नेपाली राजदूत प्रा.श्रीधर खत्री, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, स्पेनका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकाललाई फिर्ता बेलाउने निर्णय गरेको हो ।
यस्तै डेनमार्कका लागि राजदुत राम राय, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा.ज्योति प्याकुरेल(भण्डारी), साउदीका लागि नवराज सुवेदी, कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिर्ता बोलाएको हो । यस्तै पोर्चुगलका लागि नेपाली राजदूत शनिल नेपालको नियुक्तिसमेत रद्द गरिएको छ ।