काठमाडाैँ । प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीले पहिलोपटक आगामी साउन ७ गतेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिने भएका छन् । आज बसेको सभामुख र प्रमुख सचेतकहरुको बैठकले यसबारे छलफल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
आगामी ६ गतेको बैठकमा विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीले ७ गते प्रश्नोत्तर गर्ने भएका छन् । सोही प्रयोजनका लागि सभामुखले सचेतकहरूसँग छलफल गरेको सचेतकहरुले बताएका छन् ।
प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तको प्रावधान राखिएको छ । त्यस्तै सचेतक पाण्डेले १५ दिनको क्यालेन्डर बनाएर प्रतिनिधिसभा बैठक अघि बढाउँने बताएका छन् ।