इलाम । इलाम-२ को उपनिर्वाचनमा इलाम २ का उम्मेदवारहरुले मतदान गरेका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा र स्वतन्त्र उम्मेदवारले मतदान गरेका हुन् ।
मुख्य प्रतिस्पर्धी मानिएका उनीहरुले इलाम २ का विभिन्न मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । जसमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ–२ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि महेन्द्ररत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिमले फाकफोकथुम गाउँपालिका–३ स्थित सिंहदेबी माध्यमिक विद्यालयमा रहेको (क) मतदान केन्द्रबाट मतदान गरेका छन् ।
विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धा रहेको इलाममा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् । सो क्षेत्रमा ७९ मतदानस्थल र १४९ मतदान केन्द्रबाट मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।