काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले शोभाकान्त ढकाललाई दोषी ठहर गरेको छ । अदालतले रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको हो ।
२०७६ माघ २२ गते दर्ता भएको मुद्दाको २०८० माघ २ गतेबाट सुनुवाई सुरु भएको थियो । निरन्तर २३ दिनको लगातार सुनुवाईपछि अदालतले आज फैसला सुनाएको हो ।
विशेष अदालतका सदस्यहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणबारे फैसला गरेको हो ।
ठहर भएका १२ जनालाई ९ करोड रुपैयाँ दामासाही जरिबाना गर्ने फैसलामा उल्लेख छ । त्यस्तै ६५ जनाको नाममा दर्ता भएको जग्गाजफत हुने फैसला गरिएको छ ।