काठमाडौं । रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका सुनका औंठीसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ गोङ्गाङ बस्ने २९ वषीर्य सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वषीर्य निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका(३ ब्रिदीम बस्ने २३ वषीर्य ङ्वाङ लोप्साङ तामाङ छन् ।
उनिहरु सबै बेरुवा औँठी सहित नेपाल आउँदै थिए। ती औंठीको तौल १२ तोला रहेको र मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।