काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले डा अरनिको पाण्डे सहित प्रा संगीता सिंह,डा कुशरेन्द्र बहादुर महत र प्रा शिवराज अधिकारीलाई आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै बिहीबारको मन्त्रिपरिषद बैठकले सँस्कृति पर्यटन मन्त्रालयको प्रस्तावमा नेपालका ३ जना र कोरियाका ७ जना गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल १ र जुगल २ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा कोरिया र नेपालका आरोहीले हिमाल आरोहण गर्न लागेका हुन् ।
यस्त सरकराले प्रशासन सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।