काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका पूर्व महामन्त्री एवम् पार्टीका साधारण सदस्य मुकुल ढकाललाई पुन स्पष्टीकरण सोधेको छ । पार्टीले ढकाललाई साधारण सदस्यबाट किन हटाउनुनपर्ने भन्दै स्पष्टीकरण सोधेको हो ।
पार्टीका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले एक पत्र लेख्दै ढकाललाई आफूविरुद्धको कारबाहीविरुद्ध पुनरावेदन समितिमा पुनरावेदन नदिई पार्टीविरुद्ध नियमित लागेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो । ‘उल्लिखित विषयमा मिति २०८१/०४/२५ को केन्द्रीय समितिको निर्णय बमोजिम तपाईंलाई पार्टीले महामन्त्री, प्रवक्ता एवम् केन्द्रीय सदस्यबाट पदमुक्त गरेसँगै आफूमाथि गरिएको कारवाही मनासिब नलागेमा पार्टी विधानको धारा ५७ बमोजिम पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गर्ने समय दिइएकोमा पुनरावेदन नगरी तपाईंले सञ्चारमाध्यम लगायत विभिन्न माध्यमहरुबाट पार्टी हित विपरित गई पार्टी तथा पार्टीका नेताहरुको छवि, इज्जत, प्रतिष्ठा घमिल्याउन लगातार झुठा आरोप लगाउने, अनर्गल प्रचार एवं पार्टी सदस्य तथा शुभचिन्तकहरुलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने जस्ता क्रियाकलापहरुमा निरन्तर लाग्नुभएको संलग स्रोतहरु समेतबाट देखिएको छ। साथै यसबीचमा पार्टीलाई समाप्त पार्ने षडयन्त्रपूर्ण ढंगले अन्य दलका नेताहरुसँग भेटेको सूचना प्राप्त भएको छ।’, पत्रमा भनिएको छ ।
त्यस्तै उनले पार्टीविरुद्ध निरन्तर लागेका कारण उनलाई पार्टीबाट किन नहटाउने भन्दै कारण मागिएको छ । ‘उल्लिखित पृष्ठभूमिमा पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नु पर्ने हो ? आफ्ना आघार प्रमाण तथा भनाईसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सूचित गरिन्छ ।’, कार्यवाहक महामन्त्री बुर्लाकोटीले मुकुललाई लेखेको पत्रमा उल्लेख छ ।
त्यस्तै पत्रसाथ उनले पार्टीविरुद्ध दिएका अभिव्यक्तिको लिस्ट समेत संलग्न राखेर पठाइएको छ ।
-
saroj Adhikari 3 months agoमुकुल ढकाल लाई पाटिबाट निस्कासन गर्नुपर्छ यसलाई पाटिमा राख्नु हुदैन जय घन्टि जय रवि जय रास्वपा
-
Mahato Rajendra 3 months agoयस्ता मान्सिक रोगीलाई पार्टीको साधारण सदस्यबाट निस्कासन गरनै पर्छ! युवाहरुको आस्था र भरोसा भनेको रास्वपा हो र यो पार्टी & नेताहरू छविलाई अनर्गल प्रचार प्रसार गरेर पार्टीलाई सखाप पार्ने ब्यक्तिलाई Any How राखनु हुदैन ।
-
बेरोजगारी गोठाले कान्छो 3 months agoमुकुल ढकाल लाई तुरुन्त साधारण सदस्य नरहने गरि पार्टी बाट निस्कासन गर्नुपर्छ युवाहरूको चाहाना भरोसा तोडेर मिडिया बाजि र अन्य दलका नेता सग बाकुलो भेट घाटले जनतामा निराशा ल्याउने काम हुदैछ ।जस्तै पार्टी सिध्याउने खेल हुदैछ ।बेलैमा सचेत हुन जरुरी छ ।जय रास्वपा
-
रमेश कुमार वली 3 months agoमुकुल लाई साधारण सद्स्य बाट नै हटायको राम्रो रास्वपा मा मुकुल जस्ता मान्छे को काम छैन मुकुल को नियत नै ठिकछैन ।🔔🔔❤️❤️❤️🙏🙏🙏