
काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान सवा ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो ।
टिपरको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको साँखु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते अवस्थामा नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लगिएका उनिहरुलाई बिहान ४ः३३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई पक्राउ गरेको जनाएको छ । ६१ जना रहेको आश्रयस्थलमा १० जना बस्ने टहरमा टिपर छिरेको थियो ।