काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। आइतबार पक्राउ परेका प्रसाईलाई जिल्ला न्यायाधीश श्याम विहारी मौर्यको इजलासले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
विद्युतीय अपराध (साइबर क्राइम) को कसुरमा पक्राउ परेका प्रसाईंलाई अनसन्धानका लागि अदालतले दोस्रो पटक म्याद दिएको हो । प्रसाईले चरित्र हत्या गरेको भन्दै एक महिलाले साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् ।
आइतबार पक्राउ परेपछि वीर अस्पतालमा बसेका प्रसाईंलाई अस्पतालले डिस्चार्ज गरिदिएको छ । प्रहरीका अनुसार अहिलेको उनको बयान चलिरहेको छ ।
उनीसँगै पक्राउ पुुर्जी जारी भएका जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल भने अहिलेसम्म पक्राउ परेका छैनन् ।