काठमाडौँ । सरकारले डिजेल, पेट्रोल र मटीतेलको मूल्य बढाएको छ। बिहीबार रातिबाट लागूहुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटीतेलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको हो ।
नयाँ मूल्य बृद्धि पछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मटीतेलको मूल्य १६० रुपैयाँ कायम भएको छ ।
सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको १७१ र डिजेल, मटीतेलको १५९ रुपैयाँ तथा झापा,विराटनगर,अमलेखगञ्ज,भलबारी,नेपालगञ्ज, धनगढी र वीरगंज क्षेत्रमा पेट्रोलको १६९ पैयाँ ५० पैसा र १५७ रुपैयँ ५० पैसा डिजेल तथा मटीतेलको मूल्य कायम भएको छ ।