काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलहरुले आज पनि बिरोध गरेका छन् । उनीहरुको बिरोधका बिच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन् ।
अथमन्त्री पुन सभामुखको अनुमति पछि उठेर रोष्ट्रमतर्फ अघि बढ्दा विपक्षी दलका सांसहरुले घेरा हालेका थिए । सो क्रममा सत्तापक्ष र विपक्षी दलका सांसहरुबिच धकेलाधकेल समेत भएको थियो ।
त्यसपछि सभामुख देवराज घिमिरेले अर्थमन्त्रीलाई रोष्टममा पुग्न सहजीकरण गर्न निर्देशन दिएका थिए ।