
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले सफाइ पाएका छन् ।
न्त्रिपरिषद्को निर्णयमा मन्त्रीको एकल भूमिका नहुने भन्दै अदालतले उनीहरुलाई सफाई दिएको हो ।
विशेष अदालतका सदस्यहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणबारे फैसला गरेको हो ।