काठमाडाैँ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यलयले काठमाडौँको कोटेश्वरमा व्यक्तिगत सुरक्षा तथा आगलागी नियन्त्रणका लागि अग्नि शामक यन्त्रको प्रयोगबारे सचेतना कार्यक्रम गरेको छ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यलयबाट प्रहरी साहयक निरिक्षक बसन्त शाहीको कमाण्डमा ६ जना विपद् उद्धारकर्मीहरुले आगो नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम गरेका हुन् । कार्यक्रम अन्र्तगत अहिलेसम्म ५० भन्दा बढी विद्यालय, कलेज, होटल लगायत संघसस्थाहरुमा आगो नियन्त्रण सचेतना कार्यक्रम गरिएको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यलय सामाखुसीले जनाएको छ। कार्यक्रममा आग्लागीका वर्गिकरण सम्बन्धी, ज्वलनशिल ठोस पदार्थ, तरल पदार्थ, ज्वलनशिल ग्याँसहरु बारेमा सचेतना दिइएको थियो। आग्लागी घटना हुँदा ध्यान दिनुपर्ने प्राथमिक उपायहरुबारे जानकरी दिइएको थियो। सुख्खायाम सुरु भएसगै बढ्दो आग्लागीका घटनलाई मध्यनजर गर्दै वैशाखसम्म यस्ता किसिको सचेतना कार्यक्रम आयोजना गरिने कार्यालयले जनाएको छ ।
माघ १, २०८१ मंगलबार |