काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको १ हप्तामा एक सय बढी युनिट काठमाडौँमा डेलिभरी गरिसकेको छ । पन्च इभीको नाडाको पहिलो दिनमै १०० बुकिङ्ग लिएर बिक्रि सुरु भएको हो ।
पन्च इभीको बुकिङ्ग उत्साहजनक रहेको र अब कम्पनिको जिम्मेवारी जति सक्दो छिटो बुकिङ्ग गरेका ग्राहकलाई गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए। साथै पन्च इभीको रिजनल लन्च बिर्तामोडबाट पनि भएको कम्पनीले जनाएको छ ।
टाटा पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार तोकिएको छ । पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुइ सेग्मेन्ट माथिको विशेषताहरु –भ्वाइस एसिस्टेड सनरुफका साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷एप्पल कार प्ले आदी रहेका छन् । पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९०मिमि रहेको छ भने यो गाडी GNCAP मा ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो ।