काठमाडौँ । काठमाडौँ महानगर भित्रबाट कवाडी हटाउने निर्णय विरुद्धको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार उक्त रिट खारेज गरेको हो ।
काठमाडौँ महानगरले महानगर भित्र कवाडीका कारण शहर अव्यवस्थित बनेको भन्दै महानगर भित्रबाट कवाडी हटाउने निर्णय गरेको थियो ।
सो निर्णय विरुद्ध ओम शिवाय कवाडी इन्टरनेशनले प्रालिले सर्वोच्चमा फागुन १३ गते रिट दायर गरेका थिए । सोही रिटमा सुनवाई गदै सर्वोच्चले रिट खारेज गरेको हो ।