काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा प्रयोग गरेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट हटाउन नपर्ने सभामुख देवराज घिमिरेले जनाएका छन् ।
केहि दिन अघि भट्टराईले संसदमा बोल्ने क्रममा जनयुद्धलाई ‘हिंसा’ भनेका थिए । त्यसको विरोधमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेसहितका सांसदहरुले ‘हिंसा’ शब्द असंसदीय भएको भन्दै रेर्कडबाट हटाउन माग गरेका थिए ।
तर आज सभामुखले उक्त रेर्कडबाट हटाउन पर्ने नदेखिएको जनाएपछि फेरी माओवादी सांसदहरुले विरोध जनाएका छन् । सभामुखको भनाई प्रति माओवादी सांसद देवेन्द्र पौडेलले खण्ड गरेका छन् ।