काठमाडौं । बंगलादेशमा रहेको ४ सय नेपाली सुरक्षित रहेको बंगलादेशका लागि नेपाली दूतावासले जनाएको छ । विज्ञप्ती जारी गर्दै दूतावासले सबै नेपाली सुरक्षित रहेको र दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन दूतवासले विज्ञप्ती जारी गर्दै आग्रह गरेको छ ।
बंगलादेशमा अहिले अनिश्चितकालीन कफ्र्यू आदेश जारी रहेको छ ।