काठमाडौं । शशिला मोटर्सले शक्तिसाली उलिङ्ग कर्मशियल भ्यान नेपाल भित्र्याउने भएको छ । नेपालमै पहिलो पटक ८ वर्ष वा ४ लाख किलोमिटर वारेन्टी भएको उलिङ्ग व्यवसायिक विद्युतिय भ्यान ल्याउन बिश्व प्रसिद्ध इभी उत्पादक कम्पनी उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडसंग सम्झौता गरेको कम्पनीले जनाएको छ ।
यस सम्झौता पश्चात शशिला मोटर्स प्रा.लि.र उलिङ्ग मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरुको लागि एकमात्र आधिकारक बितरकको रुपमा रहनेछ ।
उक्त सम्झौतामा शशिला मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका छन् । यसपछि नेपाली बजारमा उलिङ्गको ११ सिटर इभी भ्यानहरु सार्वजनिक हुनेछन् । आगामी नयाँ वर्ष वैशाखबाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिए ।
उलिङ्ग इभी भ्यानमा नेपालकै पहिलो पटक इभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख किलोमिटरको वारेन्टी हुनेछ । ४१.८७ किलोवाट आवर ब्याट्री प्रयोग हुनेछ भने कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक यो भ्यानमा प्रयोगमा आउने छ ।
सिङ्गल चार्जमा ३०० किलोमिटर रेञ्ज रहने भ्यानमा ११ सिट क्षमता सहितको बिशेषता हुनेछ । ४.९ मिटर लम्बाई भएकोले पर्याप्त खुल्ला ठाँउ सहित उत्कृष्ट आन्तरिक सजावट भ्यानमा रहेको कम्पनीको दाबी छ ।