६ भदौ, काठमाडौं । ६० किलो सुन प्रकरणमा राजश्व चुहावटको मुद्दानै नसकी सीआईबीलाई दिइएकोमा रास्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कानूनी प्रश्न उठाएका छन् । बुधबारको संसद बैठकमा लामिछानेले सरकारले कसलाई जोगाउनका लागि गैरकानूनी तरिकाले सीआईबीलाई अनुसन्धानको जिम्मा दिइयो भनेर प्रश्न गरेका हुन् । साथै सीआईबीले अनुसन्धान गर्दा कतै सरकारले दबाब दिइरहेको त छैन भनेर शंका व्यक्त गरे ।
यस विषयमा सिधाकुराले समाचार प्रकाशन गरेको थियो ।
साथै सुन प्रकरणमा सरकार वहालवाला महानिर्देशक, प्रहरीका पूर्वप्रमुखहरुले नै सुन तस्करीका नाइके दावा छिरिङलाई फोटोसहित सूचना दिने गरेको दाबी गरेका छन् ।
लामिछानेले सुन प्रकरणको अनुसन्धान सरकारका मान्छेको ढोकामा आएपछि अड्किने त होइन भनेर शंका व्यक्त गरे ।