काठमाडौं । श्रीमानको हत्या गरेको कसुरमा थुनामा रहेका योगराज ढकाल रिगलले राष्ट्रपतिबाट कैद मिनाहा पाएपछी आन्दोलनरत भारती मानन्धरले पुन माइतीघरमा अनुसन सुरु गरेकी छिन् । उनि रिगलले हत्या गरेका चेतना मानन्धरकी श्रीमती हुन् ।
नेपालगन्जमा खुडा प्रहार गरी चेतनको हत्या गरेको कसुरमा अदालतले रिगललाई जन्मकैदको सजाय सुनाएको थियो ।
तर संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा दिएपछी उनि ८ वर्षमै रिहा भएका थिए ।रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी उनी सोही निर्णयविरुद्ध अनशन बसेकी हुन्।
भारतीले सर्वोच्च अदालतमा दायर गरेका रिट निवेदनको सुनुवाइका लागि कात्तिक १४ मा पेसि तोकिएको छ।
यसअघि गएको असोज २५ गते उक्त मुद्दामा सर्वोच्च अदालतको पुर्ण इजलासले ‘हेर्न नमिल्ने’ आदेश दिएको थियो।
यस्तै प्रकृतिको मुद्दामा गरिएका फैसलाहरू नजीरको रुपमा रहेको भन्दै प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा.आनन्द मोहन भट्टराई र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा ‘हेर्न नमिल्ने’ आदेश गरेका थिए। सर्वोच्च अदालतले मुलुकी संहिता आउनुभन्दा अघिका घटनामा कैदीहरूले ४० प्रतिशत कैद भुक्तान गरेपछि ६० प्रतिशतसम्म कैद छुट पाउने भनी व्याख्या गरेको थियो। कारागार प्रशासनले सोही नजिरका आधारमा रिगललाई रिहा गरिएको दाबी गरेको छ।