काठमाडौँ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशेऔँशी पर्व वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । गुरु पुरोहितहरुले आफ्ना हितैषी जजमानहरुको घरमा कुश लिएर जाने चलन पनि छ । यो परम्परा अझै पनि गाँउ सहरमा चलिरहेकै देखिन्छ । सोही अवसरमा आईतबार राजधानीको बसन्तपुर दरबार क्षेत्रमा कुश किन्ने र बिक्री गर्नेको बाक्लो उपस्थिति रहेको छ । धादिङ, नुवाकोट तथा मकवानपुरका विभिन्न स्थानबाट बिक्रीका लागि काठमाडौं ल्याइएको सो कुश प्रति मुठा १०० देखि २०० रुपैयाँ सम्म बिक्री हुने गरेको छ ।
मंसिर ८, २०८१ शनिबार |