१० भदौ, काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा पेशी आज पनि स्थगित भएको छ । न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।
सन्दीप विरुद्धको मुद्दाको पेशीको पाँचौँ नम्बरमा थियो । तर उक्त मुद्दाका लागि समय अभाव देखाउँदै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका हुन् । यसअघि पनि विभिन्न कारण देखाउँदै उनको मुद्दाको फैसला पछि धकेलिँदै आएको थियो ।