काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस अघिको आफ्नो मन्त्रिपरिषद्का सबै मन्त्रीहरूको जिम्मेवारी खोसेका छन् । सबै मन्त्रिहरुलाई पदमुक्त गर्दै दाहालले ति मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्य विभाजनको निर्णय गरेका थिए ।
जसअनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकिएको छ भने नयाँ शपथ गराइएका मन्त्रीहरूको जिम्मेवारी पछि तोक्ने राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यससगै नयाँ गठबन्धनकाे तर्फबाट शपथ लिएका ३ मन्त्रिसहित नयाँ मन्त्रिमण्डल चार सदस्यीय बनेकाे छ ।
फाल्गुन २१, २०८० ०६:२३ मा प्रकाशित