काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा एक आन्दोलनकारीको मृत्यु भएको छ।
आन्दाेलनका क्रममा घाइते भएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार राउतलाई अस्पताल पुर्याउनुपूर्व नै उनको मृत्यु भइसकेको थियो ।
त्यस्तै भिड नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । घाइते भएका एकजनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार कोरिया जानका लागि भाषा परिक्षा दिन पाउँ भनै ईपिएस कार्यालय परिसरमा आन्दोलनरत युवाहरुले एक्कासी सडकमा पुगेर सडक कै अवरुद्ध गरेका थियो । सो क्रममा उनीहरुले सार्वजनिक यातायातमा तोडफोड समेत गरेका थिए ।
आन्दोलनकै क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई पार्टीको कार्यक्रममा छोडेर सिंहदरबार फर्कँदै गरेको गाडीमा आगजनी गरेका थिए ।
त्यसपछि झनै उग्र भएको भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । तर पनि भिड नियन्त्रणमा लिन असमर्थ प्रहरीले गोली नै प्रहार गरेको थियो ।